सामुदायिक मेलमिलापको केन्द्र सुर्यगढी गाउँपालिकामा

0
Shares

नुवाकोट ।
समाज हुने गरेको सामान्य फौजदारी बाहेक देवानी प्रकृतीका बिबादलाई स्थानीयस्तरमा नै मेलमिलाप गराउने उद्धेश्यले सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक मेलमिलाप केन्द्रस्थापना गरिएको छ ।

केन्द्रको उद्घाटन गर्दै सुर्यगढी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष ऋषिबहादुर पौडेलले स्थानीयस्तरमा हुने गरेको सामान्य बिबादको दुबै पक्षलाई जितजितको आभास हुने गरी केन्द्रबाट तालिमप्राप्त मेलमिलापकर्ताहरुले प्रभाबकारी काम गर्न आग्रह गरे । वडाअध्यक्ष पौडेलले दशै नजिकिएसँगै समाजमा जुवातास खेल्ने, मद्यपान सेवन गरी घरायसी बिबाद मच्चाउने लगायतको घटनाहरु घट्ने भएकाले मेलमिलापकर्ताहरु बिबादलाई जरैदेखि उखाल्नको निम्ती सदैब तत्पर भएर लाग्नुपर्ने बताए ।

प्राकृतिक सा्रेत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको आयोजना, दि एसिया फाउन्डेशनको सहयोग र सुर्यगाढी गाउँपालिका वडा नम्बर ३ को समन्वयमा भएको मेलमिलाप केन्द्रको उद्घाटन कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले स्थानीयस्तरमा भएको तालिमप्राप्त मेलमिलापकर्ताको माध्यमबाट बिबादित दुबै पक्षको जितजितमा आधारीत रहेर बिवाद समाधान गर्ने गरेको बताए ।

उनले देश संघीय संरचनामा गएसँगै नुवाकोटमा रहेका ८८ वटा वडामध्ये अब १९ वटा वडामा मात्र सामुदायिक मेलमिलाप गठन गर्न बाँकी रहेको जानकारी गराए । नुवाकोटमा सहित अन्य ६ जिल्लामा सञ्चालनमा रहेको सामुदायिक मेलममिलाप केन्द्रले देवानी प्रकृतिका बिबादलाई स्थानीयस्तरमा मै समाधान गर्दा न्याय पाउने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । मेलमिलाप केन्द्रले बिबाद समाधानको क्षेत्रमा नुवाकोटमा गर्दै आएको काम प्रभाबकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।