जुवा खेल्न अाएका पौने ९ लाखसहित ३ जना पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीको बुटवल आसपासको क्षेत्रमा जुवाखेल्न आएका अवैध भारतिय ४ लाख ३० हजार २ सय ५० र १ लाख ९० हजार नेपाली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको एक होटलमा वस्दै आएका २ भारतीय र १ जना नेपाली नागरिकलाई प्रहरीले उक्त रकम संगै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायव उपरिक्षक डिल्ली बहादुर मल्लले बताउनु ।

बिषेश सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानको लागी सम्पति सुद्धिकरण हरिहर भवन काठमाण्डौ विहिवार नै पठाईएको प्रनाउ मल्लले बताउनु भयो ।

ईलाका प्रहरी कार्यलय बुटबलका अनुसार बुटबल नेपाल गञ्जरोडमा रहेको एक होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली गरी नेपाली कुल ८ लाख ७८ हजार ४ सय रुपैया बरामद गरिएको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् ।
मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बांके नेपालगंजका हुन् ।

नेपालमा जुवा खेल्नका लागि नेपालीको सहयोगमा भारतियहरु ब्ुाटवल आएको अनुमान प्रहरीले गरेको छ ।