यमलाल भुसाल, बुटवल ।
सशस्त्र प्रहरी वल गल्म रुपन्देहीले भारतवाट अवैध रुपमा नेपाल ल्याउदै गरेको ठूलो परिमाणको कुखुराका चल्ला वरामद गरी नष्ट गरेको छ ।
विहिवार दिउसो करिव साढे तिन बजेको समयमा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिगएको ११ जनाको टोलीले जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालीका ५तेनुहवाईलाकामा चेकजाँच गर्ने क्रममा ५लाख ,६७ हजार ,५ पाँच सय मुल्य बराबरको पाँच वटा साईकलमा ३५ कार्टुन ५हजार ६ सय गोटा क्रोईरल कुखुरा चल्ला बरामद गरेको जनाएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को बर्खिलाप गरी अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको कोेईरल कुखुरा चल्ला बरामद गरी पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया¸रुपन्देही, स्थानिय वासिन्दा र पत्रकारको उपस्थितीमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खातीले बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म राजस्व तथा भन्सार गस्ति सुरक्षा रुपन्देही नं. ३८ गुल्मको परिसर भित्र खाल्डो खनि चल्ला नष्ट गरिएको हो ।











प्रतिक्रिया