यौन दुब्र्यबहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ


इलाम (नेस) । अरुलाई उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका छन् ।

इलामनगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुब्र्यबहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।

नवलपरासि स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुब्र्यबहार गरेको आरोप लागेको छ । उनलाई पिडीत बालिकाले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।