‘समीरमान बस्नेतलाई उपस्थित गराउनू’


काठमाडौं (नेस)
सर्वोच्च अदालतले मुस्ताङ कारागार चलान गरिएका गुन्डा नाइके समीरमान बस्नेतलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । वरिष्ठ न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सर्वोच्च पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चले बन्दीसहित उपस्थित गराउन भनेको छ । नख्खु कारागारमा रहेका बस्नतेलाई माथिको आदेश भन्दै गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो ।

लगत्तै समिरमानका नातेदार सुविरमान सिंह बस्न्यातले कारागार कार्यालय नख्खु र गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराउनुभएको थियो ।

वरिष्ठ न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सर्वाेच्च पेस गर्न आदेश गरेको हो । सर्वाेच्चले बन्दीसहित उपस्थित गराउने आदेश गरेकाले उनलाई फेरि काठमाडौं ल्याउनुपर्ने भएको छ । नख्खु कारागारमा रहेका बस्नतेलाई माथिको आदेश भन्दै गत सोमबार बिहान बुद्ध एयरबाट मुस्ताङ कारागार पठाइएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो । उनी यसअघि पनि गुन्डागर्दी गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका थिए । गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।