तीन महिनादेखि कर्मचारीले तलब पाएनन्


डोटी, (नेस)
डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलव पाउन नसकेका हुन् । दशैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन् ।

प्रदेश मातहत आएका कार्यालयहरु तलव पाउन नसकेको कर्मचारीहरुले आरोप लगाएका छन् । गएको साउनदेखि अहिले सम्म तलव नपाएको सेक्टर वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसीले बताउनु भयो । उहाँले भन्नु भयो ‘तलब नपाएको महिनौ भई सक्यो,लतबको कुरै छोडौ अब कहाँ हाजिर गर्ने हो त्यो नि पत्तो छैन्,हामी अलपत्रमा छौ ।’

दशैंको मुखमा तलव नपाउने चिन्तामा आफुहरु रहेको जिल्ला कृषि बिकास कार्यालय डोटीका कर्मचारीहरु बताउछन् । उनिहरु भन्छन् ‘कार्यालय सरीसकेको छ,हामीले त सेतो कागजमा हाजीर गरीरहेका छौ,तलब कस्ले र कहिले आउने हो आत्तो पत्तो छैन् ।’

त्यस्तै प्रदेश सरकार मातहत स्थापना भएका डोटीका दजर्नौ कार्यालयका कर्मचारीहरुले पनि गएको साउनदेखि तलव नपाएको गुनासो गरेका छन् ।