सांस्कृतिक सम्पदा तिब्बतको पहिचान


चिरञ्जीवी मास्के
तिब्बत, ल्हासा । जातिय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणले विकास र समृद्धिमा सहयोग पुग्छ की पुग्दैन ? कतिपयले कला, साहित्य, जाति, भाषा, धर्म, संस्कृति र संस्कारलाई विकास नै ठान्दैनन् । ठिक विपरीत चिनको तिब्बतले भने यीनै कुराहरुबाट विकासको नयाँ संभावना पहिल्याएको छ ।

छोटो समयमा विकास गरेको तिब्बतले नेपाल लगायत दक्षिण एसियाका बिभिन्न मुलुकलाई विकास र समृद्धिको नयाँ उदाहरण प्रस्तुत गरेको र यसको श्रेय तिब्बतको जातिय पहिचान तथा कला, संस्कृति,संस्कारलाई जाने तिब्बती अधिकारीहरु बताउछन् । ल्हासामा रहेको सताब्दिऔ पुरानो पोताला दरवार हेर्नमात्र बार्षिक करोड भन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटकहरु आउने गरेको त्यहाँका अधिकारीहरुको भनाई छ ।

तिब्बत जनकांग्रेसका स्थाई समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले सन् २०१२ मा सम्पन्न कम्युनिष्ट पार्टी अफ चाईनाको १८ औ राष्ट्रिय कंग्रेसको बैठक पछि पार्टीको केन्द्रिय कमिटी र राष्ट्रपति सि जिन पिङले तिब्बतको विकासकालागि कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण तथा विकासकालागि लिएको महत्वपुर्ण निर्णयले विकास र समृद्धिमा तिब्बतले फड्को मारेको बताउछन् ।

जातिय, भाषिक र सांस्कृतिक सम्पदाहरुको माध्यमबाट पर्यटनलाई प्रमुख प्राथामिकता दिएको तिब्बतले बार्षिक साढे दुई करोड पर्यटक भित्राउने गरेको चु चुन्हुयाको भनाई छ ।

करिब ३० लाख जनसंख्या भएको तिब्बतको मुख्य आयश्रोत नै पर्यटन भएको उहांले बताउनुभयो । चिनको केन्द्रिय सरकारले तिब्बतमा शिक्षालाई आधारभूत मानव अधिकारको रुपमा ब्याख्या गर्दै शिक्षित जनताले आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता लिएकै कारण करिब ६ बर्षको अन्तरालमा सामाजिक, सांस्कृतिक, भौतिक तथा आर्थिक विकासमा तिब्बतले फड्को मार्न सकेको तिब्बती अधिकारीहरुको भनाई छ ।

ल्हासा सहित तिब्बतमा ६ वटा उत्कृष्ठ शहरहरु छन् । ७४ वटा काउण्ट्री (जिल्ला) र ६ सय ९७ वटा बजार क्षेत्र रहेको तिब्बतमा बिभिन्न ४० जातिका मानिसहरुको बसोबास रहेको छ । तिब्बतमा रहेका सबै जातजातिको आफ्नै खाले सामाजिक मान्यता र धर्म संस्कृति रहेको र त्यसलाई अहिलेसम्म जिवन्त राख्न सकेकै कारण बार्षिक दुई करोड भन्दा बढी पर्यटक तिब्बतमा भित्राउन सकेको उनीहरु बताउ छन ।

तिब्बतमा पर्यटकलाई भित्राउन तीनवटा राष्ट्रिय स्तरको ऐतिहासीक एवं सांस्कृतिक सहर, पाँचवटा परम्परागत गाँउ, एउटा राष्ट्रिय पर्यटकीय रिर्सोट लगायत रहेको ल्हासाका अधिकारीहरु बताउछन् ।

सहरी क्षेत्रमा उद्योग व्यवसाय र ग्रामीण क्षेत्रमा पर्यटन तिब्बतको आम्दानीको मुख्य स्रोत बनेको छ । ल्हासामा रहेको फाईभ स्टार होटल इन्टर कन्टिनेन्टमामात्र पाँच हजार मानिस अटाउने क्षमता छ । ग्रामीण क्षेत्रमा होम स्टे सञ्चालन र स्थानिय उत्पादनको बिक्रि वितरणबाट पनि प्रशस्तै आम्दानी हुने गरेको देखिन्छ । तिब्बतको विकासमा जलश्रोतको उपयोग र वितरण पनि प्रमुख रुपमा रहेको पाईन्छ ।