नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको फलेवास नगरपालिकाका सुर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुँवरलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको असोज १५ गतेको इजलासले आरोपित कँुवरलाई अभियुक्त ठहर गरी जन्म कैदको फैसला सुनाएको हो ।
फलेवास नगरपालिका २ थापाठानाका ३४ बर्षिय कुँवरले फलेवास नगरपालिका ३ शंकरपोखरीका ३३ बर्षिय सुर्यबहादुर सुनारको हत्या गरेका थिए । गत जेठ २५ गते कुँवरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए । सुनार सँगै उनकी श्रीमती सरस्वती सुनार समेत कुँवरको कुटाइबाट घाइते भएपछि दुवैजनालाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारकै क्रममा सुर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।
सुर्यबहादुर सुनारका भाईले प्रहरीमा विनोद विक्रम कुँवर र उनकी श्रीमती १७ बर्षिय राधिका कुँवरलाई हत्या अभियोगमा किटानी उजुरी दिएका थिए । सोही उजुरी अनुसार प्रहरी जिल्ला प्रहरी कार्यालय पर्वतमा कर्तव्य ज्यान मुद्धा अन्तर्गत मुद्धा दर्ता गराएको थियो । सोमबार भएको अदालतको फैसलाले श्रीमान् विनोद विक्रम कुँवरलाई जन्म कैदको फैसला सुनाएको छ भने श्रीमती राधिका कुँवरले सफाई पाएकी छिन् ।











प्रतिक्रिया