दरबारमार्ग बलात्कार प्रकरणः मुख्य अभियुक्त विकास गौतमले गरे आत्मसर्पण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त काभ्रेका विकास गौतमले आत्मसमर्पण गरेका छन् ।

उनले आज साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।

बलात्कारपछि गाैतम भारतमा लुकेर बस्दै आएका थिए । तर उनलार्इ केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले भारतीय सुरक्षा निकायमा समन्वयमा पक्राउ गर्ने तयारी गरिरहेको थाहा पाएपछि एकाएक बुधबार अदातल हाजिर भएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ ।

बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक -सई_ चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।