पुष्कर बुढाथोकी, भक्तपुर ।
६ लेन सडक अन्तर्गते सूर्यविनायक नजिक घलाँतेमा आज साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।काभ्रेबाट काठमाण्डौतर्फ जादै गरेको बा.४ ख.३६५० नम्बरको टिपरले सोही दिशातर्फ जादै गरेको बा.८८प.८५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घट्नास्थल मै मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरी परिषर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तिब्र गतिमा आएको टिपरले मोटरसाईकललाई ठक्कर दिएर चालक फरार भएका छन् । आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउँन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताउँनुभयो । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोसित भीडले ढुङ्गाहाने पछि सूर्यविनायक क्षेत्र राती ८ ः३० बजेसम्म तनाबग्रस्त बनेको छ ।
आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडमा अश्रृग्यास हानेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेल भन्दा बढी अश्रृग्यास हानेको छ । अश्रृग्यास हानेर भीड तितर बितर बनाएपछि दमकलले आगो निभएको छ । दुर्घटनामा मोटरसाईकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना पछि यहाँको स्थिति तनावग्रस्त बनेको थियो । घटना पछि आक्रोशित सर्वसाधारणले ट्रिपरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगोले ट्रिपर पूर्ण रुपमा ध्वस्त भएको छ । आगो निभाउन आएको दमकललाई सर्वसाधारणले ढुङ्गामुढा गरी आगो निभाउन खोज्दा अवरोध गरेका थिए ।
सो क्रममा पाण्डुबजार क्षेत्रमा प्रहरी र सर्वसाधारणबीच ढुङ्गा हानाहान समेत भएको थियो ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले ट्रिपरमा लगाईएको आगो निभाउनुका साथै प्रहरीले स्थितिलाई साम्य बनाएको बताउनुभयो ।
स्थानीय प्रतक्ष्यदर्शी साबित्री पोखरेलले प्रहरीले जथाभाबी लाठी प्रहार गरेको बताउँनुभयो । आक्रोसित भीडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुको साथै दमकलका कर्मचारी समेत घाइते भएको र केही प्रहरी घाईते भएको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रृग्यासबाट कति घाईते भए भन्ने यकिन तथ्यांक नआएपनि जिल्लामा विभिन्न अस्पतालमा घाईतेको उपचार भईरहेको स्थानीय प्रतत्यदर्शीले जानकारी दिएका छन् ।
तनाव उत्पन्न भए पछि सो क्षेत्रमा यातायात संचालनमा समेत अवरोध पुगेको थियो ।आजै देखि निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो । तर, निर्णय भएकै दिन यो घटना भएको छ ।गत साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरतर्फ प्रहरीले साँगा चोकमै टिपर रोक्ने गरेको छ ।











प्रतिक्रिया