बलात्कार मुद्दामा स्वावियु सभापतिलाई १० वर्ष कैद

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
सामुहिक वलात्कारको कसुरमा पर्वतको कुस्माबजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाइएको छ ।
पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षिय शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघका तर्फबाट निर्वाचित स्वबियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनी सँगै बलात्कार घटनामा संलग्न अन्य दुई जना १७ बर्षिय बालक र न्यू सेवा गेष्ट हाउसका सञ्चालक ३८ बर्षिय शेरबहादुर हमाललाई समेत प्रहरीले नियन्त्रणमा लिई कार्बाही प्रक्रिया अघि बढाएको थियो ।

क्षेत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी ५ बर्ष र सांगठनिक अपराधमा संलग्न रहेको ठहर गरी ५ बर्ष गरी १० बर्ष कैद सजाय सुनाएको हो । अन्य दुई बालकलाई उमेर नपुगेको हकमा एक जनालाई ५ बर्ष र एक जनालाई डेढ बर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको हो । अदालतले होटल सञ्चालक हमाललाई सफाई दिएको छ ।

अभियुक्तहरुलाई चैत १५ गते बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ बर्षिय बालिकालाई ललाई फकाई सामुहिक बलात्कार गरेको अभियोग लागेको थियो ।