इलाम ।
अरुलाई उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका छन् । इलामनगरपालिका वडा नम्बर १२ कि १७ बर्षीया बालिकालाई यौन दुब्र्यबहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।
नवलपरासी स्थायि घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले बालिकालाई दुब्र्यबहार गरेको आरोप लागेको छ । उनलाई पिडीत बालिकाले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया