सीताराम चौधरी, कपिलवस्तु ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका १, बेलौती चोकमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । भने एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका वडा नं. १, रङसिङ बस्ने वर्ष ३० का रन बहादुर कुमाल रहेका छन् । भने दुर्घटनामा परी अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका ९, मिठेआँप बस्ने १५ वर्षीय सुजन रोका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दाङको कालाकाटेबाट चन्द्रौटातर्फ आइरहेको रा १ ख ७३२ नम्बरको टिप्परमा विपरीत दिशाबाट गइरहेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको हो । तिब्र गतिमा गइरहेको मोटरसाइकल अघिल्लो गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको टिप्परमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक कुमालको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बहादुरगञ्ज पठाइएको प्रहरीले बताएको छ ।
यस्तै घाइते रोकालाई भने थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया