सुनकाण्डमा मुछिएका ३ प्रहरीको निलम्वन फुकुवा

0
Shares

काठमाडौं ।
सरकारले ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या तथा संगठित अपराधमा मुछिएका ३ प्रहरी अधिकृतको निलम्वन फुकुवा गरेको छ ।

चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको गिरोहबाट सुन तस्करीमा संलग्न भइ रकम लिएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका तत्कालिन प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्वन फुकुवा भएको हो ।