पर्वतको पैयूमा कर शिविर, ४ सय ३५ जनाले सेवा लिए

0
Shares

पर्वत ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयू गाउँपालिकामा कर शिविर सम्पन्न भएको छ । स्थानीय मर्दीखोला बजार ब्यवस्थापन समितिको आयोजनामा भएको उक्त शिविरमा ४ सय २ जनाले सेवा लिएका छन । पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय पर्वतको अग्रसरतामा भएको उक्त शिविरमा आन्तरीक राजश्व कार्यालय पोखरा, घरेलु तथा साना उद्योग विकास समिति पर्वत र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो ।

शिविरमा सेवा लिएका मध्ये ३ सय ६९ जनाले आन्तरीक राजश्व कार्यालय पर्वतमा आय विवरण भरी कर तिरेका थिए । यसैगरी घरेलु कार्यालय तर्फ ३२ जनाले बाणिज्य ब्यवसाय दर्ता गरेका छन भने १३ जनाले नयाँ उद्योग दर्ता गरेका थिए । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका मध्ये १९ जना ब्यवसायीले उक्त ब्यवसाय नविकरण गरेका छन भने २ जनाले प्रतिलिपि लिएका थिए । उद्योग दर्ताबाट मात्रै झण्डै २ लाख राजश्व संकलन भएको थियो ।