धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका कृषकहरु यतिबेला अर्गानिक कृषि खेती तर्फ आर्कशित भएका छन् । सानो लगानीमा गर्न सकिने अर्गानिक कृषि खेतीमा टमटर, बन्दागोपी, काउली, मुला, गाजर, सिमी लगाएतका बालीहरु लगाउने गरेका छन् ।
यसरी गरिएको खेतीबाट मासिक रुपमा ३० देखी ४० हजार सम्म आम्दानी हुने कृषकहरुले बताएका छन् । आफुहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले थप उर्जा दिएको कृषक हर्कबहादुर थापाले बताउनुभयो । आफुले उत्पादन गरेको तरकारी बिक्री गर्नका लागी यातायातको व्यवस्था नहुँदा केही कठिनाई भएको भएपनि उत्पादनलाई बजार सम्म पुर्याएर बिक्री गरिरहेको कृषक हरिबहादुर खत्रीको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यसरी उत्पादन गरिरहेका कृषकहरुलाई सहयोग पनि गरिरहेको छ । उनीहरुलाई आबश्यक प्राबिधिक सहयोगका साथै तरकारी खेतीका लागी अनुदान स्वरुप कार्यक्रमको कार्यबिधि अनुसार १५ देखी ५० प्रतिशत सम्म अनुदानमा टर्नेल, मल,बिउ, तरकारी नर्सरी तथा साना सिंचाईको व्यवस्था गरेको छ । किसानलाई अर्गानिक खेती गर्नका लागी परियोजना मुसिकोट तरकारी ब्लकले सक्दो सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालक समिती मुसिकोट ब्लकका संयोजक दलबहादुर खड्काले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मुसिकोट ब्लकले अनुदानमा दिएको टर्नेल, मल,बिउ, तरकारी नर्सरी तथा साना सिंचाईबाट आफुहरुलाई खेती गर्न थप उर्जा प्रदान गरेको किसानहरुले बताएका छन् । बैदेशिक रोजगारबाट फर्किएका र कृषि प्राबिधिक अध्ययन गरेर घरमा बसीरहेका युवाहरुलाई पनि यो कार्यक्रमले समेटेको छ ।











प्रतिक्रिया