केरुङबाट भित्रिएको पाँच किलो सुन बरामद, शंकाको घेरामा रसुवाका डिएसपी


काठमाडौं । केरुङ नाकाबाट भित्रिएको पाँच किलो सुन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त सुन पनि केरुङ नाकाबाट भित्रिएको थियो । रसुवामा नयाँ डिएसपी सन्तोष तमाङ गएपछि उक्त नाकाबाट सुन तस्करी हुने क्रम बढेको छ। स्रोतका अनुसार तामाङको सुन तस्करहरु सँग ठुलै हिमचिम रहेको हुँदा उनले नै सुन तस्करहरुसँग सेटिङ मिलाएको हुन सक्ने अनुमान गरिएको छ