पितृ मोक्षका लागि कागबेनीमा श्रद्धालुको भीड


नेपाल समाचारपत्र, पर्वत
सोह्र श्राद्ध सुरु भएपछि हिमालपारीको जिल्ला मुस्ताङ्ग स्थित कालीगण्डकी नदीमा पितृ मोक्षका लागि श्राद्ध गर्ने तीर्थालुको भीड लाग्न थालेको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(सोह्र श्राद्ध)मा कागबेनीमा पिण्डदान र मुक्रिनाथमा दर्शन गरेमा पितृ उद्दार हुन्छ भन्ने बिश्वासमा पिण्डदान गर्ने र दर्शन गर्न जाने तीर्थालुको भीड बढेको हो ।

सोह्र श्राद्धका लागि मुक्तिनाथ जाने दर्शनार्र्थीको पर्वत देखि म्याग्दी हुँदै म्याग्दी हुँदै मुस्ताङ्ग सम्म हुने गर्दछ । मुस्ताङ्गमा दैनिक ७ सय देखि १ हजार सम्म सवारी साधनहरु पुग्न थालेको प्रमुख जिल्ला अधिकारी शिशीर पौडेलले बताए । ‘तीर्थयात्रीको भीड जोमसोम देखि मुक्तिनाथ सम्मै छ’ उनले भने ‘केही दिन देखि बर्षा रोकिएकाले तीर्थयात्रीहरुलाई सहज भएको छ’ कालीगण्डकी नदीको बहाब समेत ७५ प्रतिशत कम भएको र बर्षाले भत्किएको कालीगण्डकी करिडोर मर्मत गरिएकाले यात्रुहरुलाई असहज नभएको उनले जानकारी दिए ।

मुक्तिनाथ पुग्ने तीर्थालुले जोमसोम, कागवेनी र मुक्तिनाथका होटल समेत भरिभराउ भएका छन । मन्दिरमा दर्शन गर्नका लागि मात्रै दैनिक २ हजार जना सम्म दर्शनार्थी मुक्तिनाथ आईपुग्ने गरेको मुल पुजारी कृष्णप्रसाद ढकालले बताए । ‘थोरैमा पनि दैनिक १ हजार, बाह्र सय दर्शनार्थी आईरहेका छन’ उनले भने । सोह्र श्राद्ध शुरु भएपछि सबैभन्दा बढी दर्शनार्थी आएको उनको भनाई छ ।

मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथाबाह्यपर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानीपनि बढेको छ । रानीपौवास्थितहोटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङका अनुसार रानीपौवामा पर्यटकलाई लक्षित २२ होटेल सञ्चालनमा आएका छन्।। त्यस्तै झारकोटमा दुई र खिङ्गागाउँमातीनहोटेल सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । सामान्यतः एक दिनमादुई हजार स्वदेशीएवं विदेशीपर्यटक राख्न सक्ने गरी यहाँकाहोटेलको क्षमताविस्तार गरिएकोे छ । पाँच वर्ष अघिसम्म मुक्तिनाथजाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमाबास बस्न बाध्य हुनु परेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ । धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन् । स्रोह्र श्राद्ध शुरु भएयता होटेलमा दिन प्रतिदिन तीर्थालुको चाप बढेको गुरुङ्गले बताए ।

मुक्तिनाथ १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथस्थलमाविसं १८७१ मा मन्दिर बनाइएको थियो ।यही स्थलमाबौद्ध गुरु पद्मसम्भवले पनितिब्बतजाने बेलातपस्या गरेको भन्दै यहाँविभिन्नगुम्बासमेत बनाइएकाकारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्रतीर्थस्थलका रुपमा लिन्छन् । मन्दिरमा ब्राह्मण पुजारी तथाझुमाले पनिपूजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलाहरु शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन् ।