२९६ केजी गाजा सहित ३ जना पक्राउ


काठमाडौ (नेस) । अबैध रुपमा नेपालबाट भारत तर्फ तस्करी हुन लागेको २९५ केजी लागू औषध गाजा सहित एक ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
ना ४ ख ३९६९ इन्धन बोक्ने ट्याङकरमा उक्त परिणामको लागू औषध नेपालबाट भारत तर्फ तस्करी हुदै छ भन्ने सुराकी पाएको लागू औषध नियन्त्रण ब्युरोले एक टोली पठाएर चेकजाच गर्दा मकवानपुरको मनहरी गाउं पालिका–७ रमनटारबाट उक्त परिमाणको लागू औषध बरामद भएको थियो ।
ट्याङकरको ५ वटा च्याम्वर मध्ये २ वटा च्याम्वरमा २२ पोका बनाएको लागू औषध राखेर भारतको रक्शौल तर्फ लैजादै गर्दा बाटोमा नै बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ट्याङकर चालक सिमराजितपुर उपमहानगरपालिका २२ अमलेखगन्ज बस्ने प्रल्हाद ठकुरीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । लामो समयदेखि लागू औषधको कारोवारमा संलग्न रहदै आएका ठकुरीलाई यस पटक भने प्रमाण सहित पक्राउ गरेको ब्युरोले दावी गरेको छ ।
बरामद गरिएको अवैध लागू औषध गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई संकलन गरी भारत तर्फ ओसार–पसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममा बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी ४५ लाख बराबरको भएको बताइएको छ । पक्रउ प्रतिवादी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट थप अनुसन्धान भैरहेको पनि ब्युरोले जनाएको छ । त्यसैगरी ब्युरोबाट खटिएको प्रहरीको अर्को टोलीले १६० केजी लागू औषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको कैलास गाउं पालिका २का इमानसिंह स्याङ्वो र थाहा नगारपालिका ११ का सोमबहादुर थोकरलाइ उक्त लागू औषध गाजा सहित पक्राउ गरेको थियो । उनीहरुले पनि इन्धन बोक्ने ट्याङकरमा लुकाई भारत तर्फ लैजान लागेको लागू औषध सहित पक्राउ गरेको ब्युरोले जनाएको छ ।