विदेश भ्रमण रफ्तारमा, काम कछुवा गतिमा


सुनील महर्जन, ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भा“च्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिइरहनुभएको छ ।

२०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गर्नुभएका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसक्नुभएको छ । उहा“ देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहनु भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब डेढ वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला प्रमुख महर्जन गत आईतबार मंगोलियामा प्रथान गर्नुभएको हो । मंगोलियामा मंगलबार शुरु ११ औं क्षेत्रीय वातावरणीय दीगो यातायात एसिया मञ्चको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको महानगरपालिकाले जनाएको छ । उहां आउदो आईतबार उहा“ स्वेदश फर्किनुहुने भएको छ ।

महानगरपालिकाले यस पटक विज्ञप्ती नै प्रकाशित गरेर भ्रमणको बारे जानकारी गराएको छ । विज्ञप्तीमा आयोजक संस्थाबाटै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने गरी सरकारको स्वीकृत लिएर त्यहा“ जानुभएको उल्लेख गरिएको छ ।‘

मलाई विदेश घुम्ने खासै रहर छैन । सम्बन्ध बढाउन र विकासमा सहयोगी हुने हिसाबले जान लागेको हु“ । विदेश गएको सकारात्मक प्रभाव महानगरपालिकाको काममा क्रमशः देखिने छ । प्रमुख महर्जनले विदेश जानुअघि नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘विभिन्न देशबाट सहयोग दिन्छु भनेका छन । सहयोग आएपछि विदेश भ्रमणको औचित्य पुरा हुन्छ । ’’

प्रमुख महर्जनले गत वर्ष साउन १४ देखि भदौं १६ गते सम्म जापान, भदौं ५ देखि १७ गते कोरिया, कार्तिक २ देखि ६ गते श्रीलंका, असोज ५ देखि ११ गते थाईल्याण्ड, असोज २४ देखि ३० गते थाईल्याण्ड, पुस ३० देखि माघ ५ गते सम्म म्यानमार, माघ ८ देखि ११ गते जापान, फागुन १२ मा फेरी जापान र त्यसपछि चीन जानुभएको थियो । २ महिना अघि फेरी चीन भ्रमण जान खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहांलाई रोकेको थियो ।

लगातार ६ पटक विदेश भ्रमण गरिसक्दाको स्थितिमा विपक्षी दलका वडाध्यक्षहरुले ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसपछि विदेश जा“दा प्रमुखले विपक्षी दलका वडाअध्यक्ष र कार्यपालिका सदस्य एक एक जना लिएर जाने गर्नु भएको थियो ।

‘काम गर्ने संगैसंगै विदेश पनि जानुभएको भए, त्यति धेरै आलोचनाको विषय हुन नपर्ने हो । तर यहा“ काम केही नभएकाले हामी पनि दिक्क भएको छौं ।’प्रमुख महर्जनका एक सल्लाहकारले भने ।

अहिले सम्म उहा“ले महानगरपालिकाको कुन कुन क्षेत्रमा के कस्तो काम गर्न चाहेको हो ठम्याउन गा¥हो भइरहेको छ । समस्या अरु मात्र नभई मयेरमा पनि छ । ‘‘मेयरले के गर्न चाहेको हो ? भिजन के हो मैले बुझ्नै सक्या छैन ।’ती सल्लाहकारले भने ।

महानगरपालिकाका कर्मचारीका अनुसार प्रमुखले आफ्नो सोचलाई नीति र कार्यक्रममा ढालेर काम गर्न सक्नुभएन । ‘यसको अर्थ कर्मचारीमा पनि सबै राम्रा छन् भन्ने पनि होइन । कर्मचारीलाई कसरी काम लगाउने भन्ने कुरो नेतृत्वले सोच्नुपर्दछ । ’ ती सल्लाहकारले भने ।
लामो समयदेखि रोकिएको नवदुर्गा नाच सञ्चालन गर्ने क्रममा प्रमुख महर्जनले अमूर्त संस्कृति सञ्चालनका लागि आर्थिक स्रोतको दीगो व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस पटकको नाच सञ्चालन गर्ने समय आईसकेको छ । ‘ पटक पटक धाउ“दा पनि प्रतिबद्धता अनुसार काम हुन सकेको छैन। नवदुर्गा नाचका गुठीयार प्रशान्त मालीले भन्नुभयो ‘ काम गर्न नपर्ने विषयमा बोल्न उहा“ निकै उदार हुनुहुन्छ ।’

चुनाव जित्ने बितिक्कै प्रमुख महर्जनले १० दिनभित्र महानगरपालिकामा धु“लो हटाउने छु भनि चुनावताका गर्नुभएको प्रतिबद्धता स्मरण गर्दै टंगल निवासी रविन्द्रराज ताम्रकारले भन्नुभयो– ‘दिनहु“ धु“लो खाइरहनुपर्दाको अवस्थाले प्रमुखको प्रतिबद्धतामाथि व्यंङ्ग गरिरहेको छ ।’
प्रमुख महर्जनले चुनावताका गल्लीगल्ली, टोल टोलमा पुग्ने सुविधा सम्पन्न दमकल पु¥याउने, निजी विद्यालयहरुले लिने गरेको शुल्क वृद्धिलाई निरुत्साहित गरिने, स्वास्थ्य सेवामा सहज पहु“च, ट्राफिक व्यवस्थापन मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।‘

न भने अनुसार काम भयो , न काम हुने संकेत नै देखिएको छ । स्थानीय तहमा जनप्रतिनधिले नेतृत्व गरिरहेको अनुभूत भएन ।’ललितपुर वडा नं १६ स्थित भुल्खु टोल सुधार समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो ।

प्रमुख महर्जनले चुनावमा बोलेको त के कुरो, नगरपरिषद्बाट पास भएका कार्यहरु पनि गर्न नसकेको पाइएको छ । विभिन्न सार्वजनिक सभा, समारोहमा प्रमुख महर्जनले स्वयंले आफुले चाहे अनुसार काम गर्न नसकेको बताउदै आउनुभएको छ ।

काम गर्न नसक्नुमा महर्जनले मुख्यतया तीन वटा कारण औल्याउनुभएको छ । एक कर्मचारी सक्षम नभएको दोस्रो कार्यपालिकामा आफ्नो (का“ग्रेसको) बहुमत नभएको र तेस्रो केन्द्र सरकारले पनि आवश्यक सहयोग नगरेको भन्दै पानी माथिको ओभानो हुने खोसिस गर्नुभएको छ ।

‘बाहिर बाहिर विपक्षीले कामै गर्न दिएन भनेर भन्दै हिडेको सुनेको छु । उहा“ले गर्न खोज्नुभएको के चाही राम्रा योजनामा विपक्षी वडा अध्यक्षले समर्थन जनाएको छैन ? त्यो भन्न प¥यो ।’ वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो– काम गर्न नसकेकोमा आलोचना भएपछि मेरो बहुमत नै छैन, विपक्षीहरुले गर्न दिएन भनेर बहानाबाजी गरेर पन्छिनु मयेरलाई पटक्कै सुहाउ“दैन ।

महानगरपालिकाका कर्मचारीहरुका अनुसार मेयरले आफ्नो सोचलाई नीति र कार्यक्रममा ढालेर काम गर्न सक्नुभएन । प्रशासनिक संयन्त्र चलाउने, कर्मचारीलाई कसरी काममा लगाउन भन्ने कुरो त कार्यपालिकाबाट निर्णय गनुपर्ने हो । कार्यपालिकाको प्रमुखले काम गर्न नसक्नुको दोष अरुको थाप्लोमा थोपरेर दायित्व पुरा हु“दैन । मयेर सल्लाहकारले दिएको सल्लाह सुनाउ“दै ती सल्लाहकारले भने ।