नेकपाको महिला संघमा भागवण्डा मिल्यो, ४५ र ५५ मा सहमती


काठमाडौ  । नेकपा कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन महिला संघमा भागवण्डा मिलेको छ । मङ्गलबार बुझाएको एकता प्रतिवेदन अनुसार तत्कालीन माओवादी केन्द्र र एमाले बिचमा ५५ र ४५ को भागवण्दा गरिएको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीले एकताको प्रतिवेदन मंगलबार बुझाएका छन् ।

प्रतिवेदनमा सङ्गठनको नाम अखिल नेपाल महिला संघ वा अखिल नेपाल महिला महासंघ वा अखिल नेपाल महिला महासंघ क्रान्तिकारी नाम प्रस्ताव गरिएको छ । नेतृत्वमा पनि दुवै सङ्गठनले दावी गरेको हुनाले कसैका नाममा सहमति हुन सकेको छैन ।

मंगलबार नेकपाको पार्टी कार्यालय धूम्रबाराहीमा दुवै सङ्गठनले पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा ५५ सङ्घ र ४५ जना गरी सय जनाको केन्द्रीय कार्यसमिति गठन गरिएको सङ्घकी अध्यक्ष गोमा देवकोटाले जानकारी गराइन ।

नेकपाले पार्टी एकीकरण भएको तीन महीनाभित्र तल्ला तहको एकीकरण गर्ने भने तापनि भ्रातृ सङ्गठनको एकताले गति लिन सकेको छैन ।