सरोज यादव, विराटनगर ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले प्रदेश राजधानीका लागि विराटनगरको विकल्प नरहेको बताएका छन । उनले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन पनि आग्रह गरे ।
मंगलबार विराट व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताएका हुन । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का निर्वाचित सांसद समेत रहेका पण्डिटले संविधानले प्रदेश सभालाई राजधानी तोक्ने अधिकार दिएको बताउदै भविष्यमा सम्भावित राजधानी भएको स्थानमा उच्च अदालत राख्ने र सोहीलाई स्थायी राजधानी तोक्ने भनिएकाले विराटनगर नै राजधानी हुने बताए ।

विराटनगर सम्पूर्ण कुराले भरिपूर्ण रहेको भन्दै राजधानी हुनेमा ढुक्क रहन पनि उनले सवैमा आग्रह गरेका छन । राजधानीलाई मध्यनजर गरेर दुरगामी कार्यालयहरु, विभिन्न विकास निर्माणका आयोजनाहरु निर्माण भएकाले विराटनगर राजधानी हुनेमा दुुईमत नहुने मन्त्री पण्डितले बताए । उनले उत्पादन मुखी र निर्यातमुखी उद्योगहरुलाई सरकारले प्राथमिकतामा राखेकाले त्यसका लागि सहयोग गर्न तयार रहेको पनि बताए । कार्यक्रममा उद्योगी, व्यापारीहरुले उद्योग, व्यापारका विभिन्न समस्या मन्त्री पण्डितसमक्ष राखेका थिए ।











प्रतिक्रिया