बलात्कार प्रयासको आरोपमा एक युवा प्रकाउ

0
Shares

सिर्जना पन्त बागलुङ ।
बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरका ३५ वर्षीय लोकिश्वर भुषाललाई इलाका प्रहरी कार्यालय झिवाखोलाले सोही ठाउँकी ३८ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको भन्दैं असोज १५ गते गिरफ्तार गरेको छ ।

असोज १४ गते राती सुतिरहेको समयमा भुषालले आफुलाई जबरजस्ती गर्न खोजेपछि पिर्काले हानेर आफु बचेको भन्दैं पीडित महिलाले असोज १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएकी छिन् । आफु माथि करणीको प्रयास हुँदा साथमा रहेको पिर्का (बस्ने वस्तु) ले हिर्काए पछि भुषालले घटना बारे कसैलाई पनि नभन्न धम्की दिएर भागेको उनको भनाई छ ।

भुषालले आफुलाई बलात्कार प्रयास गरेको भन्दैं पीडित महिलाले असोज १५ गते इलाका प्रहरी कार्यालय झिवाखोला मौखिक जानकारी गराएपछि प्रहरीले भुषाललाई सोही दिन गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय झिवाखोलाले भुषाललाई बुधबार थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको प्रहरी नायव निरिक्षक रिणबहादुर बैद्वारले जानकारी दिनुभयो । पीडित महिलाको असोज १६ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।