किरन धामी, दार्चुला ।
दार्चुलामा यति बेला हिउँदका समयमा बस्तुभाउलाई खुवाउन सुकाएर तयार गरिने घाँस अर्थात खर काट्ने काम सुरु भएको छ । खास गरी महिलाहरुलाई खर काटने चटारो भएको छ । प्रत्येक वर्ष असोज देखि कार्तिक महिना सम्म खर काट्ने गरिन्छ । वनपाखाँमा खर काट्ने क्रममा भीरबाट लडेर वर्षेनी कैयौँ महिलाको अकालमै ज्यान समेत जाने गरेको छ ।
वनपाखामा महिलाहरु नै बढि जसो घासँ काट्न जाने भएकाले उनीहरुको जीवन जोखिममा पर्ने गरेको छ । प्रतेक वर्ष दार्चुलामा खर काटने क्रममा भिर बाट खसेर एक दर्जन महिलाको अकालमै ज्यान जाने गरेको छ । केहीलेकाही मात्रै घटना बारे प्रहरीलाई जानकारी दिने भएकाले प्रहरीको अभिलेखमा पनि कमै घटना दर्ता हुने गरेका छन ।
ग्रामीण भेगमा बसोवास गर्नेहरुको मुख्य पेशा कृषि र पशुपालन हो । गाई वस्तुका लागी हिउदमा खासै घास नहुने हुदा खर काटेर भण्डारण गर्ने गरीन्छ । वनपाखामा खर वा घासँ काट्ने क्रममा भीरबाट खसेर हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने उपाय तथा चेतना अभावमा महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।











प्रतिक्रिया