अर्घाखाँचीमा मलामी गएर फर्किएको १३ जना सवार जिप भीरबाट खस्यो


अर्घाखाँची । जिल्लाको सितगंगा नगरपालिका वडा नं. २ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना हुदाँ १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । देउराली यातायात व्यबसायी समितीको जिप दुर्घटनामा परेको छ ।

जिल्लाको मालारानी ६ हंशपुर काफलठुँटा सिदुरेबाट नवलपरासीको त्रिबेणिमा दाहसंस्कार गरि फर्कने क्रम्मा उक्त दुर्घटना भएको हो । घाईतेहरुको ठाडा प्राथामीक स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । घाईते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको बताईएको छ ।

यसरी घाईतेहुनेहरुमा बर्ष ३६ बिकाश के। सी ,बर्ष २८ बालकृष्ण शाह ,बर्ष २७ का सुरज पुन बर्ष ४८ का उदय पुन ,बर्ष ४५ का शिव बहादुर घर्तिमगर र बर्ष ४८ का बोम बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालयका ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । सामान्य घाईतेहुनेहरुमा यज्ञ बहादुर पुन ,टिकाराम पुन ,नर बहादुर पुन ,भोबिश पुन ,अर्जुन पुन ,ज्ञान बहादुर पुन र नारायण अधिकारी रहेका छन ।