मापदण्डविपरीत सरुवा भएको भन्दै सर्वाेच्चका कर्मचारी आमरण अनसनको तयारीमा


काठमाडौं ।  रात्रपत्रअनंकित कर्मचारीको सरुवाले सर्वाेच्च अदालतमा हंगामा मच्चिएको छ । मापदण्डविपरीत सरुवा भएको भन्दै कर्मचारीहरु आन्दोलनको तयारीमा छन् ।

आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमितिका सचिव हरि भट्टराईले सरुवा नसच्याए आजै ५ बजेदेखि आमरण अनसन बस्ने चेतावनीसहित मुख्य रजिष्टारलाई ज्ञापनपत्र बुझाएका छन् ।

हालै सर्वाेच्चले नै बनाएको सरुवा सम्बन्धि मापदण्डविपरीत सरुवा भएको भन्दै यस्तो चेतावनी दिइएको हो ।

सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदार, लगायत ४ सय १८ जना कर्मचारीको सरुवा भएको थियो । जून सरुवा मापदण्डविपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रन लागेका हुन् ।