पहिलोपटक नेपाली व्यवसायी अमेरिकी मेलामा


काठमाडौं, नेस ।
नेपाली व्यवसायीहरूले पहिलोपटक अमेरिकामा आयोजना हुने मेलामा भाग लिन पाउने भएका छन् । नेपालमा उत्पादन भएको गार्मेन्ट वस्तुको प्रचारप्रसार गर्ने लक्ष्यस्वरुप उनीहरू उक्त मेलामा सहभागी हुन लगेका हुन् ।

अमेरिकामा नेपाली व्यावसायीहरु सहभागी हुने भएका छन् । आगामी जनवरी २१ बाट हुने मेलामा नेपाली व्यावसायी अमेरिकाको न्युयोर्कस्थित जेभिट्स कन्भेन्सनलमा भाग लिने भएका हुन् ।

मेस्से फ्रयाकंफर्टद्वारा आयोजित मेलामा नेपाली व्यावसायीले पहिलोपटक भाग लिने अवसर पाउने भएका हुन् । ३ दिनसम्म चल्ले उक्त मेला आप्mनो उत्पादनको प्रचारप्रसारका अलाबा बिक्रीभन्दा सामानको अडर गर्ने ट्रेड फियरको रुपमा परिचय बनाएको आयोजक मेस्से फ्रयाकंफर्टले जनाएको छ ।

उक्त कम्पनी विश्वको सबैभन्दा ठुलो व्यापार मेला आयोजक रहेको दावी गरिएको छ । मेलाले नेपालमा उत्पादन भएको पश्मिना र गलैंचा अमेरिकी बजारमा प्रचारप्रसार गर्न थप टेवा पुग्ने मेस्सेका नेपाल प्रतिनिधी विनोद मल्लले बताउनुभयो । यसका अलावा अरु नेपाली उत्पाद पनि मेलामा प्रदर्शनीमा राखिने हुँदा नेपालको बढिरहेको व्यापार घाटामा कमि ल्याउन मेला नेपाली उद्यमीको लागि राम्रो अवसर भएको मल्लको भनाइ छ ।

विश्वमा पहिलो नम्बरमा व्यापार गर्ने मुलुकमा पहिचान बनाएको अमेरीकाको बजारिकरणीय रणनीति अन्य देशमा उत्पादीत बस्तुको जानकारी हासिल गर्नको लागि मेला नेपाली व्यावसायीहरुको लागि कोसेढुङगा सावित हुने आयोजका प्रतिनीधि मल्ल्को भनाइ छ । आयोजकले मेलामा क्रेता, क्रेता उत्पादक कम्पनी, व्यावसायी, थोक विक्रेता, डिजाइनर, लगायतलाई संयोजन गरी एकै थलोमा भेट गराउने आयोजक संस्थाका मेस्से फ्रेकंफर्ट अमेरिकाका मेला निर्देशक जेनिफर बेकोनले बताउनुभयो ।

नेपालमा उत्पादन भएका वस्तुले बजार नपाएको बताइरहेका उद्यमीहरुका लागि नेपाली वस्तुले अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड विस्तार गर्न र व्यापारिक मार्ग तय गर्न पाउनेछ । मेला विश्व बजारमा नेपाली उत्पादीत वस्तुको प्रचारप्रचार गर्न ठूलो अवसर भएको र अबसरको सदुपयोग गरि नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न नेपाली व्यावसायी निर्देशक बेकोनले आग्रह गर्नुभयो ।
मेलामा सबै उमेर समूहका व्यतिmलाई आवश्यक पर्ने सामग्री रहने छन्, मेलमा गुणस्तरीय क्रेताहरुको उपस्थिती रहने भएकाले गर्दा हस्तकलाबाट बनेका नेपाली उत्पादनले विश्व बजारमा अवसर पाउने मेला निर्देशक बेकोनले बताउनुभयो ।

मेलामा नेपालका तर्फबाट हस्तकला, फेल्टका उत्पादन, सिल्भर ज्वेलरी, थाङका, गलैचा, हातले बनाइएका विभिन्न उत्पादन, पश्मिना ,अल्लोका उत्पादन राखिने छ ।