नेपाली सिनियर क्रिकेट टोली मलेसियातर्फ


काठमाडौं, (नेस)
मलेसियामा बुधबारदेखि सुरु हुने सुरु हुने टी–२० विश्वकपको उप–क्षेत्रिय छनोट प्रतियोगितामा सहभागि जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ सोमबार प्रस्थान गरेको छ ।

प्रतियोगितामा नेपालले आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमारसँग खेल्नेछ । एक महिना अघि मलेसियामा एसिया कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो चरणको छनोट पार गर्ने आसा गरिएको छ । नेपालले आफु भन्दा कमजोर टोलीहरुसँग खेल्नेछ ।

नेपालले आफ्नो पहिलो खेल बुधबार म्यान्मारसँग खेल्नेछ । त्यसपछि असोज २० गते आयोजक टोली मलेसियाविरुद्ध खेल्ने नेपालले तेस्रो खेलमा भोलिपल्ट थाइल्यान्डको सामना गर्नेछ । त्यस्तै असोज २३ गते नेपालले भुटानसँग र असोज २४ गते चीनसँग खेल्नेछ । असोज २६ गते नेपालले अन्तिम खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यस उप क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि छनोट हुने भएकोले पनि नेपालको छनोट लगभग तय छ । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३÷३ देशले क्षेत्रीय छनोट प्रतियोगितामा सहभागि जनाउनेछन् । यसअघि नै एसिया “ए” उप–क्षेत्रबाट (पश्चिमी )युएई, कुवेत र कतार छनोट भैसकेका छन् । जसबाट उत्कृष्ट २ टिमले टि–२० बिश्वकपको ग्लोबल छनोट खेल्ने छन् ।

नेपाली टोली ःपारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान ), अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजबंशी, मोहमम्द आरिफ शेख, प्रदिप ऐरी, सन्दीप लामिछान, शरद भेसावकर, सोमपाल कामी ।