ब्याडमिन्टन टोली म्यान्मार प्रस्थान


काठमाडौं, (नेस)
एसियाली यु–१५ तथा यु–१७ ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यी नेपाली टोली सोमबार म्यान्मार प्रस्थान गरेको छ । अक्टोबर ३ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष यु–१५ मा प्रिन्स दाहाल र यु–१७ मा पेम्बा शेर्पा तथा महिला यु–१५ मा रशिला महर्जन र यु–१७ मा रञ्जना भट्टले प्रतिस्पर्धा गर्नेछन् । टिम व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य जीवनसिंह कुँवर रहेका छन् ।