मुलुक समृद्धिको दिशामा अघि नबढेको निजी क्षेत्रको धारणा

0
Shares

ललितपुर ।
उद्यमी व्यवसायीहरुले निजी क्षेत्रले व्यहोनुपरिरहेको दोहोरो, तेहोरो करले मुलुक समृद्धिको दिशातर्फ नभई झ्न झन् निराशातर्फ धकेलिरहेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको सोमबार भएको ३९ औं वार्षिक साधारण सभामा उनीहरुले सरकारले मुखले समृद्धि भनेपनि व्यवहारमा समृद्धिको आधार बनाउने दिशातर्फ मुलुक अघि नबढेको नीष्कर्षप्रति सरकारको ध्यानाकर्षण गराए ।

सभामा रक्षा मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंगै संघ र प्रदेशका सासद् र स्थानीय तहका जनप्रतिनिधिहरु उपस्थिति रहेको थियो ।उनीहरुले सरकारको समृद्धिको नाराले शुरुमा उत्साहित भएपनि समयसंगै उत्साह सेलाउ“दै गएको भन्दै समृद्धिको दिशामा अघि बढीरहेको अनुभूत गराउने कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उपभोक्ता ऐन मार्फत व्यवसायीलाई कस्ने सरकारको नियत रहेको उल्लेख ऐन बनाउ“दा निजी क्षेत्रलाई एक शब्द नसोधिएको बताउनुभयो ।

अहिले पनि १३ वटा निकायबाट अनुगमन हुने गरेको भन्दै सो कार्यलाई व्यवस्थित गर्न उहा“ले सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले समृद्धिको नारा दिईरहेको अवस्थामा दोहोरो, तेहोरो करले निजी क्षेत्रलाई निराशा तुल्याएको पनि उहा“को भनाई रहेको छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्रीको वातावरण बनाउने दिशामा ठोस कार्य गर्न सरकारलाई आग्रह गर्दै त्यस्ता कार्यमा सघाउन निजी क्षेत्र तयार रहेको पनि अध्यक्ष राणाले बताउनुभयो ।

 

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले उपभोक्ता संरक्षण सम्बन्धी ऐन हेर्दा व्यवसायी भनेका नाफा कमाउन जस्तोसुकै खराब काम गर्ने भन्ने आशय झल्किने गरेको बताउ“दै भन्नुभयो ‘गल्ती गर्नेलाई कारवाही गर्नुपर्दछ । व्यवसायीहरुलाई गल्ती सुधार्ने अवसर पनि दिनुपर्दछ ।तर अहिले सामान्य त्रुटी गर्ने व्यवसायीलाई पनि सधै जेल हाल्ने व्यवस्थाले कसरी समृद्धि हासिल हुन्छ ?’

सुखी नेपाली र समृद्ध नेपालको आर्थिक विकास हुनुपर्ने जिकिर गर्दै अध्यक्ष महर्जनले सरकारले समृद्धिको नारा दोह¥याएपनि व्यवहारमा कुनै नया“पन दिन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष महर्जनले ललितपुरलाई जिल्ला सांस्कृतिक,पर्यटकीय र हस्तकलाको जिल्ला बनाउन संघ, प्रदेश र स्थानीय तहले सहयोग यथोचित सहयोग गर्न आग्रह गर्नुभयो ।

व्यवसायीहरुले उठाएको सवालको जवाफ दि“दै रक्षामन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तहले के कस्तो कर उठाउने भन्ने यकिन गर्न नपाउ“दै दोहोरो, तेहोरो करको समस्या आएको बताउनुभयो । ‘अब यस्तो हुने छैन ।

 

सरकारले एउटै विषयमा दोहोरो , तेहोरो कर तिर्ने अवस्था अन्त्य गर्ने छ ।’ निजी क्षेत्रले उठाएको समस्याप्रति सरकार गम्भीर रहेकोले आपसी छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्ने पनि उहा“ले प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीतिक अधिकारको लागि संघर्ष समाप्त भएको बताउ“दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले अब आर्थिक समृद्धिको लागि सबै मिलेर अघि बढ्नुपर्ने समय आएको धारणा राख्नुभयो ।

कृषिको व्यावसायिकरणको माध्यमबाट समृद्धि दिशामा अघि बढ्न सकिने उल्लेख गर्दै सरकारले भूउपयोग नीति ल्याउन लागिएको पनि उहा“ले जानकारी दिनुभयो ।

ललितपुर क्षेत्र नं १ का सांसद् नवराज सिलवाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, संघका महासचिव मनोजबहादुर न्याछ्यो जिल्लाको स्रोत, साधनको अधिकत्तम परिचालन गरी आर्थिक विकास गर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो भनाई राख्नुभयो ।