पर्वत ।
पर्वतको जलजला गाउँपालिका, पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधान सेवालाई कृषकहरु माझ पुराउन विभिन्न आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैसीलाई भत्ता उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार गाईभैसीमा कृत्रिम गर्धाधान गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुपा दुई हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशु शाखा प्रमुख पशु चिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो । कृत्रिम गर्भाधान गरी उत्पादन वृद्धी र नष्ल सुधार हुने उहाँले बताउनुभयो । कृषकहरुलाई कृत्रिम गर्भाधानका फाईदाहरु व्यवसायिक कृषकहरु र जनप्रतिनिधीहरु मार्फत गाउँ गाउँमा पुराउन थालिएको पौडेलले बताउनुभयो ।
उहाँले पशु सेवा शाखा कार्यालय, जनप्रतिनिधी तथा नजिकको सेवा केन्द्रमा सम्र्पक राख्नुहुन अनुरोध गर्नुभएको छ । यसैगरी दुग्ध सहकारी संस्था मार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।
जलजला गाउँपालिका पशुपालन र तरकारीमा अव्वल छ । मासु, अण्डा र दुधमा गाउँपालिका आत्मानिर्भर उन्मुख छ । कृषकहरुलाई आकर्षित गर्न यसवर्ष प्राथमिकता दिएको अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।











प्रतिक्रिया