मृत्यु भइसकेकाको मुटु प्रत्यारोपण गर्ने डा. कुमुद धिताल अवार्डका लागि मनोनयनमा


काठमाडौं । नेपाली एक डाक्टर अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । नेपाली डाक्टर कुमुद धिताल अष्ट्रेलियाको ‘प्राइड अफ अष्ट्रेलिया’ नामक अवार्डको मनोनयनमा परेका हुन् । उनले मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

सामान्यतया डाक्टरहरुले ब्रेन डेथ भइसकेको तर चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्दछन् । तर, सेन्ट भिसेन्टका नेपाली डाक्टर धितालले चल्न छाडिसकेको मुटुलाई पनि पुनः चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन् । हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील छन् ।