गुन्डा नाइके समिरमानलाई किन मुस्ताङ पुर्याइयो ?


काठमाडौं । ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ। स्रोतका अनुसार निर्माण व्यवसायी महासंघ शरद गौचन हत्या काण्डमा गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार मुस्ताङ लगिएको बताइएको छ ।

गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोटका महासंघका अध्यक्ष गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो। समिरमानलाई किन मुस्ताङ पुर्याइयो भन्ने विषयमा भने केही खुलाइएको छैन ।