अफगानिस्तानविरुद्ध टस जितेर नेपाल ब्याटिङमा


काठमाडौं । बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर व्याटिङ रोजेको छ ।

प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले सोमबार अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा उत्रिएको हो ।

अफगानिस्तानविरुद्धको खेलमा जित निकाल्न नसके नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना छ ।

अंक तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान २ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका छन् ।

पछिल्ला पाँच ठुला प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

अफगानिस्तानपछि नेपालले मंगलबार युएईसंग खेल्ने छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।