न्यु डायमण्ड र चितवन टाईगर्स सेमिफाईनलमा


काठमाडौं, (नेस)
आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी र चितवन टाईगर्स सेमिफाईनलमा प्रवेश गरेका छन् ।
आईतवार आर्मी बिरुद्ध भएको संघर्षपूर्ण खेलबाट ३–२ को सेटमा जित निकाल्दै न्युडायमण्डले सेमिफाईनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१५ ले जितेको न्युडायमण्डले लगातार दोश्रो र तेश्रो सेट २२–२५ र १८–२५ ले गुमाए पछि २–१ ले पछि को थियो । दुवै सेट जित्नै पर्ने दवावमा परेको न्युडायमण्डले चौथो सेट २५–२२ ले जिते पछि खेल पाँचौ सेटमा लम्किएको थियो । निर्णायक सेटमा न्यु डायमण्डले आर्मीलाई १५–११ को सेटमा रोके पछि एक खेल अगावै सेमिफाईनलमा यात्रा तय गरेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाईगर्ससँग ३–० को सेटमा पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरीएको छ । समूह ए बाट एक–एक खेल जितेका न्यु डायमण्ड र चितवन टाईगर्सको आपसी भिड्न्तबाट समूह बिजेता र उपबिजेताको टु¨े लाग्ने छ । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा संचालन भएको दोश्रो खेलमा एपीएफले बिजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१९,२५–२२ र २५–२० को सोझो सेटमा हरायो । समूह बी मा एपीएफ १ खेलबाट र पुलिसले २ खेलबाट समान ३–३ अंक बनाएका छन् ।