एनआरएनए बेलायतको काउन्सिल बैठक सम्पन्न


सञ्जयभक्त कँडेल, लन्डन
एघार बुँदे घोषणापत्र जारी गर्दै यूके एनआरएनएको पाँचौ काउन्सिल बैठक बेलायतको अलड्रासोटमा सम्पन्न भएको छ । बैठकले गैरआवासीय नेपालीलाई नागरिकताको सुनिश्चित गर्न काउन्सिल बैठकले जोडदार माग गरेको छ ।

‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन नेपाल सरकारसमक्ष माग गरेको छ । गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न पनि बैठकले माग गरेको छ
त्यसै गरी बैठकले नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न एनआरएन युकेलाई सुझाव दिएको छ ।

साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युकेले ‘एक एनसिसी एक परियोजना’ को अवधारणा ल्याएको छ ।

विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिएको छ ।

गैरआवासीय संघ, बेलायतको पाँचौ काउन्सिल बैठककी संयोजक पुनम गुरुङ, उपमहासचिव विनय अधिकारी, महासचिव राजकुमार त्रिपाठीलगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी विशेष भूमिका खेलेका थिए । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीलाई प्रमुख अतिथि बनाइएको पाँचौ काउन्सील बैठकमा विशेष अतिथि गैह्र आवासीय नेपाली संघका उपाध्यक्षहरु क्रमशः कुमार पन्त र कुल आचार्य थिए । कार्यक्रमको अध्यक्षता एनआरएनए बेलायतका अध्यक्ष योग फगामीले गरेका थिए ।

कार्यक्रममा एनआरएनए वेलायतले आइसिसि उपाध्यक्षहरूको स्वागत तथा बिदाई विशेष गरेको थियो । काउन्सील बैठकमा प्रवासी नेपालीहरू विच सह्रायनीय भूमिका खेल्ने पत्रकार तथा समाजसेवीलाई सम्मान र मायाँको चिनो पनि प्रदान गरिएको थियो ।