खानामा अपमान– खाए खा नखाए घिच


विजय नेपाली, पोखरा
पर्यटकिय प्रदेश गन्डकी प्रदेश त्यसमा नी अन्नपूर्ण आधार सिविर जहाँ जो कोहि पनि एक चोटि जाने इच्छा राखेका हुन्छ । अन्नपूर्ण पदयात्रामा यात्रा गर्नु निकै जोखिम र आन्नदमयी छ । हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा कुनै पनि आन्तरिक वा वाह्य पर्यटक घुम्न जानी त्यतिकै खतरा समेत छ ।

त्यसैले अन्नपूर्ण, मनास्लु, मनाङ्ग लगायतका क्षेत्रमा घुम्न जादा पर्यटकहरुले पर्यटकिय गाइड लैजाने गर्छन । पर्यटक गाइडले पर्यटकलाइ पदयात्रामा जाद पदमार्गिको रुपमा काम गरेको हुन्छ तर तिनै पर्यटक लिएर जाने र पर्यटन व्यवसायिको व्यवसायमा मद्दत र्पुयाउने पर्यटन गाइडलाई भने अन्नपूर्ण आधार सिविरमा रहेका होटल एवम रेष्टुरेन्टहरुले खानामा विभेद गरेको देखिएको छ ।

पोखराबाट पर्यटक लियर जाने पर्यटक गाइडहरुले उक्त क्षेत्रमा जादा खानाको लागि एक हफ्ता अगाडी देखि नै कुपन लिएर मात्र जानू पर्ने बाध्यता छ । एक हफ्ता अगाडि कुपन लिए पनि उनिहरुले आफुले चाहेजस्तो खाना खान भने पाउदैनन । पैसा त तिर्छन तर पैसा तिरे अनुसारको खाना भने हुदैन । उनिहरुलाइ सादा दाल र भात मात्र दिन्छन ।

विगत १८ वर्ष देखि गाइडको रुपमा काम गर्दै आएका टिकाराम भन्छन “हामी मनाङ्ग जादा बढी यो समस्या खेप्नु पर्छ, अहिले अन्नपूर्ण पदमार्गको पुनहिल,देउराली र भैंसीखर्कमा समेत समितिनै गठन गरि तीन दिन देखि र सात दिन सम्म श्रमिक र गाइडलाइ पैसा उठाउने गरेका छन“ मनाङ्गमा यो समस्या विगत चार पाच वर्षदेखी रहेको उनले बताए । “उनिहरुको आम्दानिको श्रोत भनेको हामी हौ, हामिले पर्यटक लैजादा मात्र उनिहरुको व्यवसाय हुन्छ“ भट्टराईले दुखेसो पोखे ।

त्यस्तै समस्या भोग्दै आएकी चित्रा त्रिपाठीको पनि उहीँ भन्छिन “अन्नपूर्ण सेन्चुरिमा कुपन देखाएर मात्र खान दिन्छन कुपन नभए भोकै बस्न पर्छ, जस्तो दोयो खान बाध्य हुन्छौ“ उनले बताइन । नेपाली श्रमिकहरुको खानाको पैसा उठाएर विकास गर्ने भनी उठाएपनी आफुहरुले अपमान मात्र पाउने गरेको उनको भनाइ छ ।

विकासको लागि भनेर मजदुरहरुले दिने गरेपनी होटल लज व्यवसायिले भने खानामा अपमान भएको उनिहरुको भनाइ छ । बारम्बारको अपमानको कारण मजदुरलाइ आन्दोलन गर्न बाध्य बनाएको नेपाल ट्राभल्र्स याफ्टिङ मजदुर युनियन पोखराका अध्यक्ष विजय के सिले बताए । २०७३ सालमा मजदुरहरुको आन्दोलन पश्चात् टानको पहलमा व्यवसायी र मजदुर विच भएको सहमतीको कार्यान्वयन तत्काल गर्नुपरे बताए । अन्नपूर्ण पदमार्ग, मनास्लु र मनाङ्ग लगायतको क्षेत्रमा प्रवेश स्थानमा नै सात दिन सम्मको रकम तिरेर कुपन किन्नुपर्ने बाध्यात्मक अवस्थालाइ तत्काल हटाउनु पर्ने माग उनिहरुको रहेको छ ।

मजदुरको माग सुनुवाइ नभएसम्म विभिन्न आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । “हामिलाइ निकै अपमान गर्छन, खाए खा नखाए घिच भने झै प्रवेश स्थलमानी कुपन लिन बाध्य छौ“ अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धन बहादुर तामङ्गले बताए । मजदुरको माग सम्बोधन नभए कुनै पनि मजदुर पदयात्रामा नजाने बताए ।
होटल तथा लजको न्युनतम रकम अनुसारनै खानाको व्यवस्था गर्नुपर्ने उनिहरुको भनाइ छ । अन्नपूर्ण ११ का टाडापानी, देउराली कोरुङ्ग, मनास्लु क्षेत्रमा असोज एक गते देखि कुपन सिस्टम लागु भएको छ भने मर्दी हिमाल रुट, अन्नपूर्ण सर्किट अन्तरगत मनाङ्ग बाट तिलिचो पास, थोरोङकला सम्मको रकम एकमुस्ट रुपमा उठाउदै आइराखेका छन ।