एपीएफद्वारा चोरीका सामान बरामद


नेपाल समाचारपत्र, काठमाडौं
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट असोज १४ गते एपीएफ टोलीले करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना तथा स्टेसनरी सामान सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज स्थित भन्सार इलाकाबाट असोज १४ गते करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोटरपार्टस लगायतका सामाग्री सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।