अनेरास्ववियुका दुई नेता सिआइबीद्वारा पक्राउ


काठमाडौं ।
आर्थिक चलखेलमा प्रश्नपत्र आउट गर्ने अनेरास्ववियुका दुई नेता पक्राउ परेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट  अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले  ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा पैसा लिएर उनीहरुले प्रश्नपत्र बिक्रि गरेका थिए । मोबाइलमार्फत प्रश्नपत्रको फोटो खिचेर पठाएका थिए । सो प्रकरणमा संलग्न अन्य विद्यार्थी नेताहरु फरार छन् ।