‘होम ट्युसन’को बहानामा ७ वर्षीया बालिकामाथि बलात्कार


चितवन । चितवनको भरतपुर महानगरपालिका-११ मा ‘होम ट्युसन’को बहानामा  ७ वर्षीया बालिका बलात्कृत भएकी छिन ।  प्रहरीले महानगरपालिका ११ पोखरीचोक बस्ने  १४ वर्षीय किशोरलाई बलात्कारको अरोपमा पक्राउ गरेको छ । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि उनलार्इ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ पढाउने क्रममा आफूमाथि बलात्कार गरिएको बालिकाले बताएकी छिन् । बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए । आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् ।