निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ३ जनाको डीएनए रिपोर्ट सार्वजनिक


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट अाज सार्वजनिक गर्ने तयारी गरेकाे छ । पीडित परिवार, अधिकारकर्मी लगायतको रोहबरमा रिपोर्ट सार्वजनिक गर्न लागेकाे हो ।

डीएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले आज सबैको रोहबरमा  खोल्ने बताए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो ।