भारतलाई बंगलादेसले रोक्न सकेन


नयाँ दिल्ली, (एजेन्सी)
भारतले अन्तिम बलमा विजयी रन बनाएपछि एसिया कपको उपािध सातौं पटक जित्नबाट बंगलादेसले रोक्न सकेन ।
युएईको दुबई मैदानमा शुक्रबार राति भएको फाइनल खेलमा भारत ३ विकेटले जितेको थियो । बंगलादेसले २ सय २३ रनको मध्यम लक्ष्य दिएकोमा भारतले अन्तिम बलमा विजयी रन लिन सकेको थियो । बंगलादेसका बलरले सानदार बलिङ गर्दै भारतीय ब्याटसम्यालाई एक एक रनको लागि संघर्ष गराएका थिए । १ सय ६७ को स्कोरसम्म ५ विकेट लिएर बंगलादेसले भारतलाई निकै दवावमा राखेको थियो । कप्तान रोहित शर्माले ४८ रन, दिनेश कार्तिकले ३७ रन र महेन्द्रसिंह धोनीले ३६ रन बनाएर पवेलियन फर्किसकेका थिए ।

एसियाकप विजेता
७ भारत १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६, २०१८
५ श्रीलंका १९८६, १९९७, २००४, २००८, २०१४
२ पाकिस्तान २०००, २०१२

तर केदार जाधव सोही स्कोरमा रिटायर्ड हर्ट भएका थिए । उनी समेत गरेर ६ दिग्गज खेलाडी पवेलियन फर्किसकेका थिए । तर रवीन्द्र जडेजा र भुवनेश्वर कुमारले छैटो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि भारतले जित्ने संभावना बढ्यो । रवीन्द्र (२३ रन) र भुवनेश्वर (२१ रन) २ रनको अन्तरालमा आउट भएको लाभ भने बंगलादेसले उठाउन सकेन । कुलदीप यादव र पुन क्रिजमा फर्केका केदारले भारतलाई जित दिलाएका थिए । केदार २३ रनमा नटआउट रहेका थिए । बंगलादेसका बलरमा मुस्ताफिजुर रहमान र रुवेल हसनले २÷२ विकेट लिएका थिए ।

यसअघि बंगलादेसले सानदार शुरुआत लिएपनि त्यसलाई अन्तसम्म कायम राख्न नसक्दा २ सय २२ रनमै समेट्न पुग्यो । लिटन दास र मेहीदी हसन मिराजले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए । मेहीदी व्यक्तिगत ३२ रनमा केदारको बलमा आउट भएपछि बंगलादेसको ब्याटिङ कमजोर बन्दै गएको थियो । यद्दपि अर्को इन्डमा जमेका लिटनले भने १ सय २१ रनको सतकीय इनिङ खेले । मध्यक्रमका सौम्य सरकारबाट ३३ रन बन्नु बाहेक अन्य बाँकी ब्याटसम्यानले दोहोरो अंक पनि छुन सकेनन् । भारतीय बलरमा कुलदीप यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।