कुनै पनि अपराधी उम्किन पाउँदैनन्: गृहमन्त्री थापा


अनिल खत्री, गुल्मी
गृहमन्त्री रामबहादुर थापा वादलले सरकालई कसरी गिराउने सडयन्त्र भइरहेको बताएका छन् । शनिवार बिश्व मुटु दिवसको अबसरमा लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धको मुख्य तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी र सशस्त्र प्रहरी परिवार महिला संघको सह–आयोजनामा गुल्मीमा चलेको २ दिने निशुल्क स्वस्थ्य शिबिरलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्न मृहमन्त्री थापा गुल्मी आएका थिए ।

उनले सरकारले शुसान कायम गर्न भ्रष्टहरु तस्करहरु, बलत्कारीहरुलाई कारवाही गर्न लागि परिरहेकाले सरकारीलाई कसरी गिराउने ठूलो सडयन्त्र भइरहेको बताए । महिलाहरुको सुरक्षाको निम्ति महिलाहरु नै उठनु पर्छ मन्त्री थापाले भने, ‘त्यसको निम्ति सरकार र गृहमन्त्रालयले पुरै साथ दिन्छ ।’
अहिले निर्मलाको हत्यारा पत्ता लगाउन उठिरहेको आवाजमा सरकार सदन र सडकमा उठनु पर्ने बताए ।

उनले कुनै ठाउँमा बलत्कारी छन् भने त्यसको कारवाहीको निम्ति आवाज उठनु पर्छ गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कारी अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’
नेपालमा ९५ प्रतिशत बलत्कारी र अन्य अपराधीहरु कानुनको कठघारामा आएको बताए । उनले केहि कानुनको कठघरामा आउन बाँकी निर्मलाको हत्यारा हुन या अरु नागरिकको हत्यारा हुन् त्यस्तालाई कानुनको कठघरामा ल्याएरै छोडिने बताए ।

समाजका कुनै पनि महिलाहरु बलत्कार हुनु हुदैन् मन्त्री थापाले भने, ‘सुशासन समृद्धि, शान्ति स्थायित्व बिकास चाहिन्छ भन्ने जनताको आवाज रहेको छ ।’ यहाँ सबै प्रकारकार अपराधीहरु ठेकेदारहरु, तसस्करहरु, बैदेशीक रोजगारका नाममा दिदि बहिनीहरु बेच्ने हत्याराहरुलाई यो समाजबाट सखाप पार्न जरुरी रहेको बताए । तव मात्रै देसको प्रगती हुन्छ, सुशासन कायम हुन्छ मन्त्री थापाले भने,‘घुस बिना काम गर्ने कर्मचारी त्यस्ता भष्टहरुलाई कारवाही हुनुपर्नेछ ।’

जन्म गाउँमा अभिन्दन
गृहमन्त्री थापा कार्यक्रमलाई सम्बोधन गर्नु पूर्व आफु जन्मेको गुल्मीको गाउँ मुसिकोट नगरपालिका ४ दजाकोट पुगेका थिए । मन्त्री थापा आफनी धर्मपत्नीका साथ त्यहा पुगेर आफनो जन्म घर आफन्त एबं बिभिन्न व्यक्तिहरुसँग भेट गरेका थिए । हाल चितवनमा बस्दै आएका थापाको जन्म घर गुल्मी रहेको छ ।

संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले अव नेपालीहरु नेपाल छोडेर मुग्लान पस्न नपर्ने बताएका छन् । ५६ बर्षपछि आफ्नो जन्मथलो गुल्मीको मुसिकोट ४ दजाकोटमा आएका उनले आफुले २०१९ सालमा नेपाल छोडेर मुग्लान पस्न बाध्य भएको कुरा सम्झदै अब नेपालीहरु त्यस्तै बाध्यतामा पर्ने स्थिती समाधान हुने बताए । ‘१० बर्षको जनआन्दोलन र अन्य बिभिन्न सङघर्षका उपलब्धिहरुले हामीले देशमै बस्ने स्थिती सिजर्ना गर्नेछौ, तर त्यसको लागि अझै केही बर्ष भने लाग्न सक्छ’ । उनले आफ्नो जन्मथलो मुसिकोट नगरपालिकाको बिकासको निम्ती पहल गर्ने बताए ।

यस क्षेत्रमा आवश्यक रहेको इलाका प्रहरी कार्यालय, अन्य प्रहरी चौकी तथा ट्राफिक प्रहरीको ब्यबस्था गरीदिने समेत बताए । यस क्षेत्रको खानेपानीको समस्या समाधान गर्न तथा सडक फराकिलो गर्न पनि पहल गर्ने बताए । आफ्ना बाल अनुभवहरु समेत सुनाउँदै उनले आज ५६ बर्ष पछि आएपनि अब भने नियमित रुपमा जन्मथलो आइरहने बताए । कार्यक्रममा गृहमन्त्री थापालाइ नागरीक अभिनन्दन गरीएको थियो ।