पर्वतमा निर्माणाधीन सुरक्षित घर चार वर्षदेखि अलपत्र


नेपाल समाचारपत्र, पर्वत
बालबालिका तथा हिंसा प्रभावितहरुको आश्रयका लागि विगत चार वर्षदेखि निर्माण थालिएको ‘सुरक्षित घर’ सेफ हाउस को भवन अलपत्र बनेको छ ।,
स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीको बेवास्ताका कारण निर्माणाधिन अवस्थामै बेवारिसे बनेको हो । जिल्लामा हिंसा प्रभावित महिला तथा वालवालिका सम्बन्धी समस्याहरु धेरै आउने र उनीहरुलाई कानूनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालीन आश्रयस्थलमा राख्नुपर्ने भएकोले सुरक्षित घर निर्माण गर्न थालिएको थियो ।

तत्कालीन प्रहरी नायव उपरीक्षक गंगा पन्तको विशेष अगुवाईमा शुरु भएको आश्रयस्थल निर्माणका थालिएको भएपनि उनको सरुवा भएसँगै भवन अघि बढ्न नसकेको हो । पुर्ब सांसद अर्जुनप्रसाद जोशीले तत्कालीन अवस्थामा १ लाख र पूर्व सांसद कल्पना चापागाईले ३ लाख रुपैंया उपलब्ध गराएको भएपनि वभिन्न संघसंस्था, सरकारी कार्यालय तथा व्यक्तिबाट बोलिएको रकम हालसम्म उपलब्ध नभएकोले निर्माण कार्यमा समस्या भएको हो । धेरै जसो समाजका प्रभुत्व ब्यतिmहरुबाट बोलिएको रकम उपलब्ध नहुँदा निमार्ण कार्य नभएको निमार्ण समितिका कोषाध्यक्ष कमल पोख्ररेलले बताए ।

तत्कालिन समयमा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलले नागरिक समाजको उपस्थितिमा दलका प्रमुख तथा प्रतिनिधि, सांसद तथा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बोलेको १० लाख रुपैंया मध्ये १ लाख रुपैंया मात्र निकासा दिएका थिए भने अन्य ९ लाख रुपैंया हालसम्म पनि उपलब्ध भएको छैन ।

यता जिल्ला समबन्य समितिसंग निमार्ण समितिले बोलेको रकम माग्दा समेत समबन्य समितिले आलटाल गरेको निमाणर्् समितिको भनाई छ । जिल्ला समबन्य समितिका संयोजक मनोहर बि पौडेलले भने काम अगाडि नबढाईकन पैसा दिन नमिल्ने भएको कारण पैसा उपलब्ध हुन नसकेको बताए ।

जिल्लाकै एकमात्र सुरक्षित घर निर्माणका लागि सरकारी जग्गा खोजी गरी करीव १ करोड ५२ लाखको लागतमा निर्माण प्रारम्भ गरिएको भएतापनि स्थानीय दलहरु तथा सांसदहरुनै उदासिन देखिएका कारण निर्माण कार्य प्रभावित हुन पुगेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले बताए ।

निर्माणका लागि २८ लाख रुपैंया बोलकबोल भएको भएपनि आधा भन्दा बढी रकम उठ्न नसकेकोले निर्माण कार्य थप प्रभावित भएको कोषाध्यक्ष पोख्रेललेको भनाई छ । कुश्माबजारको बडागाउँस्थित नारी शिल्पकला केन्द्रको आडमा निर्माणाधीन भवन हाल डवल टाइपिङसम्मको काम सकिएर अलपत्र अवस्थामा छ ।

उक्त भवनलाई स्थानीय तहले सम्पन्न गर्नुपर्ने सरोकारवालाहरुको भनाइ रहेको छ । भवन तत्काल काम अघि नबढाउने हो भने निर्माणाधिन संरचना समेत जीर्ण हुने स्थानीयको गुनासो छ ।