तीन सञ्चारकर्मी सम्मानित


नेपाल समाचारपत्र, काभ्रे
प्रतिभा सम्मान प्रवन्ध गुठी नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार भगवती तिमल्सिना सहित तीन जना वरिष्ठ महिला सञ्चारर्कीलाई सम्मान गरेको छ । पत्रकारीता क्षेत्रबाट समग्र समाजमा उल्लेख्य योगदान पु¥याएको भन्दै गुठीले वरिष्ठ सञ्चारकर्मी तिमल्सिना सहित कृष्णा ताम्राकार र सृजना दुवाललाई सम्मान गरेको हो ।

शनिवार बनेपामा आयोजित विशेष सम्मान कार्यक्रममा प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मानित व्यक्तिवलाई दोसल्ला, ताम्रापत्रका साथै नगद १५ हजार रुपैया प्रदान गर्नुभएको थियो । प्रतिभा सम्मान गुठीले समाजमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

सम्मानित व्यत्तित्व तिमल्सिना २५ वर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने ताम्राकार २०१८ सालदेखि रेडियो नेपालमा हिन्दी र नेपालीमा समाचार वाचिकाका रुपमा क्रियाशिल हुनुहुन्थ्यो । अर्की सम्मानित व्यक्तित्व दुवाल हाल नारी मासिकको सम्पादक हुनुहुन्छ ।

रेडियो नेपालमा समाचारवाचिकाको रुपमा निकै प्रख्यात रहेकी सम्मानीत व्यक्तित्व ताम्राकारले रेडियो नेपालमै रसरंङ्ग, हाजिरीजवाफ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय एवार्डबाट समेत सम्मानित भैसक्नु भएकी ताम्राकाले मृत्युपछि आखादान गरौं भन्ने अभियान विगत २० वर्ष देखि सञ्चालन गर्दै आउनु भएको छ । ८२ वर्षिया क्यान्सर रोगी ताम्राकारले पंक्षि संरक्षण लगाएत विभिन्न स्वास्थ्य सम्बन्धि चेतनामुलक अभियान पनि सञ्चालन गरिरहनु भएको छ ।

सम्मानित व्यक्तित्व तिमल्सिान पत्रकारीता बाहेक विभिन्न सामाजिक संघ संस्था मार्फत समाजमा उल्लेख्य योगदान पु¥याईरहनु भएको छ । सम्मानित व्यत्तित्व दुवाल साहित्य क्षेत्रमा पनि चर्चित नाम हो । उहाले स्कुलमा अध्ययन गर्दा १० वर्षको उमेद देखि नै पत्रपत्रिकारमा साहित्य सृजना गरेको त्यतिबेला पत्रपत्रिकामा प्रकाशित लेख रचनाले थाहा हुन्छ ।

सम्मानीत तीनै जना महिला सञ्चारकर्मीले समाजमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सुचना तथा सञ्चारमन्त्री बास्कोटाले उहाहरुको योगदानको सरकारले पनि कदर गर्ने बताउनु भएको छ । सम्मानित व्यत्तिले न लोकतन्त्र, न प्रविधि, न प्रशस्त मिडिया, न प्रयाप्त तलब भएको बेला देखि पत्रकारीता क्षेत्रमा लागेर संघर्षमय जिवन विताउदै समाजमा योगदान पु¥याएका छन भन्दै मन्त्री बास्कोटाले भन्नुभयो– उहाँहरु अझै क्रियाशिल हुनुहुन्छ यो गर्वको कुरा हो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले सम्मानित व्यत्तित्वहरुले समाजमा पु¥याएको योगदानको कदर भएको प्रति खुशी व्यक्त गर्नुभएको थियो । संघर्षमय जिवन विताउदै पत्रकारीता क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पु¥याउने व्यक्तित्वलाई राष्ट्रले पनि सम्मान गर्नुपर्ने उहाको भनाई थियो ।

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पु¥याउने ख्यातिप्राप्त व्यक्तिवलाई हरेक वर्ष सम्मान गर्दै आएको बताउदै गुठीका अध्यक्ष मोहन दुवालले काम गर्नेलाई सम्मान गरौं भन्ने भावना सबैमा पलाउनु पर्ने बताउनु भएको थियो ।