सम्पदा संरक्षणमा विद्यार्थीको चासो


नेपाल समाचारपत्र, काठमाडौं
फोहोरमैलाले दुर्गन्धित र प्राकृतिक प्रकोपले तहस–नहस बनाएका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका मठ–मन्दिर हामी सबै नागरिकको दायित्व हो । यिनै सांस्कृतिक सम्पदाले प्राचीन मानवजातिको इतिहास, धर्म, संस्कृति र आध्यात्मिक चिन्तनलाई भौतिक आधारमा अभिव्यक्त गरेका हुन्छन् । तर, पछिल्लो समय यस्ता ऐतिहासिक महत्व बोकेका धार्मिक तथा सांस्कृतिक स्थलहरु जथाभावी फालीने फोहोरले कुरूप बन्दै गएका छन् ।

यस्तै समस्यालाई मध्यनजर गर्दै काठमाडौंमा अवस्थित ऐतिहासिक महत्व बोकेको बुढानिकण्ठ मन्दिर परिसरमा सरसफाई तथा सम्पदा संरक्षण कार्यक्रम सम्पन्न भएको छ । ओरियन्ट कलेज, बसुन्धरको आयोजना र बूढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिको संनव्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ओरियन्ट कलेजमा अध्यान्रत विद्यार्थी, शिक्षकहरु, बूढानीकण्ठ नगरपालिकाका मेयर, वडा अध्यक्ष, मुदायिक प्रहरी, स्थानीय क्लब, विद्यालय तथा समुदायका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ओरियन्ट कलेज व्यवस्थापन समितिका अध्यक्ष नन्दराज पोख्रेल र स्नातक तह संयोजक साधना थापाको मुख्य नेतृत्वमा मन्दिर परिसरमा दुबो र फूलसमेत रोपिएको थियो । विषेश गरी सामाजिक कार्यका विद्यार्थीहरुले समाज सुधारका लागि विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यहरु गर्दै आएका छन् । यसै सन्दर्भमा विद्यार्थीहरुले आफ्नो घरआँगन तथा समुदायको सरसफाइमा समुदायका प्रत्यक व्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने बारे नाटक पनि मन्थन गरेका थिए । आयोजक ओरियन्ट कलेजले यस्ता अन्य थुप्रै समाज सुधारका कामहरु गर्दै आइरहेको छ।