हात्तीसारमा रोपियो कल्कीका विरुवा


नेपाल समाचारपत्र, काठमाडौं
सडक किनारामा हरियाली बढाउने उद्देश्यका साथ कृष्ण पाउरोटी चोकदेखि जय नेपाल सिनेमा हल तर्फको फुटपाथमा वृक्षरोपण गरिएको छ । सडकको दायाँ–बायाँ ६ फिट उचाई हाराहारीका कल्की प्रजातीका विरुवा रोपिएको हो ।

शनिवार त्यहाँ ४५ वटा विरुवा रोपियो । कृष्ण पाउरोटी–जय नेपाल सडक खण्डको वृक्षरोपण कार्यको शुभारम्भ वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का लगायतले गर्नुभयो । सो खण्डको हरेक ३÷३ मिटरको दुरीमा २÷३ दिन भित्रमा करिव १ सय ५० विरुवा रोपिने र सबै विरुवा कल्कीका मात्रै हुने काठमाडौं जिल्ला वन कार्यालयले जनाएको छ ।

हरेक विरुवा जोगाउन ‘ट्री गार्ड’ प्रयोग गरिने भएकाले सबै विरुवा छिटै हुर्किने बताउँदै सो कार्यालय प्रमुख रामबाबु पौडेलले भन्नुभयो–‘सबै विरुवा ५÷६ फिट उचाईका हुनेछन् यो क्षेत्रलाई पृथक ढंगले चिनाउन कल्कीका विरुवामा मात्रै रोपिनेछन् ।’ सो सडक खण्ड आसपासमा रहेका बैंक र अन्य संघ÷संस्थाको आर्थिक सहयोग वृक्षरोपण शुभारम्भ भएको हो । सबै निकायले उपलब्ध गराएको आर्थिक सहयोगलाई कोष खडा विरुवा हेरालु र सिँचाईको व्यवस्था गर्दै हरियाली प्रवद्र्धन गरिने पौडेलले जानकारी दिनुभयो ।

मन्त्री वस्नेत र सचिव ओलीले डिभिजन वन कार्यालय परिसरमा दालचिनी र तेजपातका विरुवा पनि रोप्नु भएको छ । सोही अवसरमा मन्त्री बस्नेतले काठमाडौं जिल्ला वन परिसरमा निर्माण भएको सेवाग्राही प्रतिक्षालय कक्षको पनि उद्घाटन गर्नुभयो । नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघ (फेनफिट) को आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण भएको हो । यस अघि त्यहाँ प्रतिक्षालय नहुँदा सेवाग्राही कार्यालयको भ¥याङ र सवारी पार्किङ गर्ने ठाउँमा बस्नुपर्ने बाध्यता थियो ।