प्रहरी दिवसका अवसरमा सरसफाइ


काठमाडौं, (नेस)
६३औं प्रहरी दिवस २०७५ का अवसरमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यमा शनिबार नारायणचौर नक्साल क्षेत्रको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नारायणचौर आसपासको झारपात, फोहोर सरसफाइ गरियो । सशस्त्र प्रहरी गण नं. १ नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र नक्साल, हिमाल अस्पतालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो ।

सरसफाइ कार्यमा वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू, स्थानीय नागरिक, विभिन्न स्कूलका विद्यार्थीहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।