ऋषिले रेकर्ड तोडिसके


काठमाडौं, (नेस)
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँका ऋषि परियार दुई हातको सहाराले जमिनमा टेकी लामो दूरी पार गर्दै गिनिज बुकमा नाम लेखाउने तयारीमा जुटेका छन् । यसअघि चीनका एक युवा २६ दशमलव ९ सेकेन्डमा ५० मिटरको दूरी पार गरेर विश्व कीतिमान कायम गर्न सफल भएका थिए । परियारले उक्त कीर्तिमानलाई तोड्दै २५ सेकेन्डमा ५० मिटर दूरी हातको सहाराले पार गरिसकेका छन् ।

रकम नहुँदा गिनिज बुकमा नाम लेखाउन ढिलाइ

गिनिज बुकमा नाम लेखाउने एकमात्र लक्ष्य र सपना भएकाले सबै निकायसँग सहयोग माग्दै हिँडेको ऋषिले बताए ।

२७ वर्षीय उनले दैनिक तीन किलोमिटरसम्म हातले टेकेर आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । उनले विश्व रेकर्ड तोडिसकेका छन् अब त्यसलाई गिनिज बुकमा रेकर्ड गर्न मात्र बाँकी छ । ऋषिका अनुसार आफ्नो क्षमता देखाउने गिनिज बुकको कार्यालयबाट कर्मचारी नेपाल ल्याउँदा करिब १० लाख रुपियाँ खर्च हुन्छ तर आफूसँग उक्त रकम नभएकाले गिनिज बुकमा नाम लेखाउने कार्य सपना पूरा उनको दुःखेसो छ ।