पालुमा भूकम्प र सुनामीको विध्वंश


पालु, (एजेन्सी)
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार आएको शक्तिशाली भूकम्प र सुनामीमा अहिलेसम्म मृत्यु हुनेको संख्या करिब ४ सय पुगेको छ । हजारौं घाइते भएको र मृतकको संख्या अझै बढ्न सक्ने इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार इन्डोनेसियाको तटीय शहर डोंगालामा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएपछि आएको डरलाग्दो सुनामीले ३ लाख ८० हजार जनसंख्या रहेको पालु शहरमा विध्वंश मच्चाएको हो ।

गत अगस्ट ५ मा इन्डोनेसियाकै लामबाकमा आएको शक्तिशाली भूकम्पमा पनि ४ सय ६० भन्दा धेरैको मृत्यु भएको थियो ।